PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इमर्जिङ कप : यस्तो छ नेपालको समूहमा रहेका बंगलादेश, पाकिस्तान र हङकङको टोली



इमर्जिङ कप : यस्तो छ नेपालको समूहमा रहेका बंगलादेश, पाकिस्तान र हङकङको टोली

एसीसी इमर्जिङ टिम्स कपको लागि आयोजक बंगलादेशले मोमिनुल हकको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ। यस्तै पाकिस्तानले मोहम्मद रिजवानको नेतृत्वमा टोली घोषणा गरेको छ। दुवै कप्तानले टेष्ट क्रिकेट खेलिसकेका खेलाडी हुन्।

मार्च २५ बाट बंगलादेशमा हुने प्रतियोगितामा बंगलादेश र पाकिस्तानसँगै नेपाल र हङकङ समूह बी मा छन्। हङकङ र नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ।

बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा टेष्ट क्रिकेट खेलिसकेका  ६ खेलाडी समावेश छन्।

जसमा कप्तान मोमनिुलसँगै उपकप्तान नासिर हुसेन, अबुल हसन राजु, मोहम्मद मिथुन तथा यु १९ खेलाडीद्वय मेहदी हसन मिराज र नाजमुल होसेन शान्तो छन्।

टेष्ट खेल्ने राष्ट्र २३ वर्ष माथिका ४ खेलाडी राख्न पाउने प्रावधान अनुसार बंगलादेशले कप्तान मोमिनुल, उपकप्तान हुसेन तथा राजु र मिथनुलाई राखेको छ।

बंगाली टोली
मोमिनुल हक : कप्तान, नासिस हुसेन : उपकप्तान, अबुल हसन राजु, मोहम्मद मिथुन, मेहदी हसन मिराज, नाजमुल होसेन शान्तो, मोहम्मद शैफ हसन, यासिर अली चौवधरी, शैफउद्धिन, अबु हैदर रोनी, अजमिर अहेमद, राहातुल जाभेद, अफिफ होसेन, सल्मान होसेन, नासुम अहेमद
वैकल्पिक खेलाडी : जाकिर हसन, शफिउल इस्लाम, तनविर हैदर खान, येएसिन अराफात
प्रशिक्षक : मिजानुर रहमान

यस्तै पाकिस्तानले २४ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानको कप्तानीमा टोली तयार पारेको छ। रिजवानले पाकिस्तानका लागि १ टेष्ट खेलेका छन्। उपकप्तानमा २८ वर्षे हरिस शोहेल छन्। यसबाहेक २३ वर्ष भन्दा माथिको खेलाडीमा हम्माद अजाम र बिलाल असिफ छन्। 
मोहम्मद रिजवान : कप्तान, हरिस शोहेल : उपकप्तान, हम्मद अजाम, बिलाल असिफ, इमाम उल हक, जहिल अली, इमरान बट, खुशदिल शाह, हुसेन तलात, ओसामा मिर, जफर गोहर, समिन गुल,अहमेद बसिर, गुलाम मुदासार, अम्मा बट

हङकङ टोली
क्रिस कार्टर, अंशुमान राथ, बाबर हायत, निजाकात खान, वाकस खान, शाहिद वासिफ, इशान खान, इशान नवाज, वाकास बर्खात, केल क्रिस्टिइ, तनविर अहमेद, क्यामरन म्याकअल्सेन, जाथा सुब्रयमन्नेम, वाजिद शाह, अवाइस मोहम्मद
प्रशिक्षक : चार्ली ब्रक

नेपालले नियमित कप्तान पारस खड्काको अनुपस्थितीमा ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा ३ नयाँ खेलाडीले पनि स्थान पाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell