PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छुट्टाछुट्टै स्थानमा दुई मृत फेला



रासस

छुट्टाछुट्टै स्थानमा दुई मृत फेला

त्रिशुली : ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन्। सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिए।

स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो। मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका छन्। शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाए पनि के कारणले मृत्यु भएको प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, इलामको सूर्योदय नगरपालिकाका एक व्यक्ति मङ्गलबार मृत अवस्थामा भेटिएका छन्। सूनपा–१३ निवासी ४५ वर्षीय भीम दर्नाल मृत अवस्थामा भेटिएका हुन्।

सोमबार घरबाट निस्किएका दर्नालको शव भिरबाट धेरै तल झरेको अवस्थामा स्थानीयवासीले भेटेर प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले शव निकाल्न कठिनाइ भएको प्रहरी निरीक्षक शिव बुढाथोकीले बताए।

उनको लडेर मृत्यु भएको हो या हत्या भएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell