PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माइभ्याली गोल्डकप चैत १७ देखि



माइभ्याली गोल्डकप चैत १७ देखि

इलाम : माइभ्याली गोल्डकपको तेस्रो संस्करण चैत १७ देखि सुरु हुने भएको छ। 

नेपालका ८ र भारतका २ गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेल नेपाल प्रहरी र इलामको माइभ्याली फुटबल क्लबबीच हुनेछ।

प्रतियोगितामा तीन विभागीय क्लब प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, मनाङ मर्स्याङदी क्लब, सिएमजी संकटा, झापा-११, रुपन्देही-११, माइभ्याली क्लब सँगै भारतको ग्लोबल फुटबल क्लब आसाम र दुर्गापुर स्टिल टिएसआई कोलकताको सहभागिता रहनेछ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेलहरु ठूलो टुडिखेल इलाममा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell