PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

डीपिएलको खेल तालिका सार्वजनिक, एपीवानले सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने



डीपिएलको खेल तालिका सार्वजनिक, एपीवानले सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं : बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल)को खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। 

जसअनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाईसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता अघि चैत्र २७ गते नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ। जसमा नेपाली राष्ट्रिय टिम र धनगढी ११ का खेलाडीहरुको सहभागिता रहने छ। उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। 

त्यस्तै, प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स र बिनोद भण्डारी नेतृत्वको कञ्चनपुर आईकोनिक आमने सामने हुनेछन् भने २९ गते बिहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढीबीच खेल हुनेछ।
प्रतियोगिताको फाईनल बैशाख ९ गते हुनेछ। 

डीपिएलको प्रत्यक्ष प्रशारण एपीवानबाट 
डीपिएलको ब्रोडकास्ट पार्टनरका रुपमा अन्नपुर्ण ब्रोडकाष्ट मिडिया प्रालिको एपीवान टेलिभिजन रहने भएको छ। अन्नपुर्ण ब्रोडकास्ट र धनगढी क्रिकेट एकेडेमीबिच भएको सम्झौताअनुसार एपीवानले डीपिएलका सवै खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।

पाँचबर्षे सम्झौता अनुसार डिपिएलको एपीवानले आवश्यक परेका बेला फुटेजहरु स्थानिय तथा राष्ट्रिय सञ्चारकर्मीलाई उपलब्ध गराउने उल्लेख गरिएको छ। 

एपीवानले प्रत्येक खेलको प्रत्यक्ष प्रशारण सकिएपछि यथाशिघ्र चाडो अनलाईन तथा युट्युबमा खेलको भिडियो अपलोड गर्ने सम्झौता भएको छ। 
साथै, एसीसी ईमर्जिङ टिम्स कपका कारण डिपिएलको पुर्वानिर्धारित कार्यक्रम प्रभावित भएको र यसअघि प्रत्यक्ष प्रशारण गरिने भनिएको डिस होम स्पोर्टस च्यानलको पनि सगरमाथा सिमेन्ट डिपिएलको पुर्वनिर्धारित व्यस्त तालिकाले प्रत्यक्ष प्रसारण गर्न सम्भव नभएपछि एपीवान टेलिभिजनसँग सम्झौता भएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell