PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डाक्टर गुलाटीले कपिललाई भने,'जनावर मात्र होइन मान्छेको पनि सम्मान गर्न सिक'



पहिलोपोस्ट

डाक्टर गुलाटीले कपिललाई भने,'जनावर मात्र होइन मान्छेको पनि सम्मान गर्न सिक'

कमेडी नाइट्स विद कपिल होस् वा द कपिल शर्मा शो, कमेडियन कपिल शर्मासँगै काम गर्दै आए कमेडियन सुनिल ग्रोभरले। उनीहरु देश विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि सँगै देखिन्थे। कपिलको शोले चर्चा बटुल्न थाले लगत्तै सुनिललाई पनि धेरैले रुचाए। पहिले गुथ्थीको रुपमा होस् वा डाक्टर मसहुरको रुपमा उनको अभिनयले कपिल को शोमा छुट्टै आकर्षण थप्यो।

तर सोमबार ग्रोभरले कपिलको शो छाड्ने खबर सार्वजनिक भयो। कारण हो कपिलले उनी माथी हात उठाउनु। अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा सहभागिता जनाएर भारत फर्कने क्रममा कपिलले ग्रोभरमाथि हात उठाएका हुन्। एयर इन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट भएको जनाइएको छ।

आफ्नै सिटमा रहेका ग्रोभरलाई कपिल शर्माले आक्रमण गरेका हुन्। रक्सीले मातेका कपिलले ग्रोभरलाई ‘तँ मेरो नोकर होस्, म नभएको भए तेरो के हुन्थ्यो ?’ भन्ने आरोपसहित कुटपिट गरेका थिए।

कुटपिट भएको खबर सार्वजनिक भएपछि कपिलले घटना बारे सफाई दिए। उनले सामाजिक संजाल फेसबुकमार्फत पोस्ट लेख्दै सुनिलसँग माफी मागे। उनले माइक्रो ब्लागिङ साइट ट्विटरमा पनि सुनिललाई मेन्सन गरेर लेखेका थिए,'मैले अन्जानमा पुर्याएको चोटका लागि मलाई माफ गर।'

बलिउड हंगामाले जनाए अनुसार घटनाबारे बुझ्न खोज्दा सोमबार बिहानसम्म ग्रोभर चुप थिए। तर अब भने उनले कपिललाई जवाफ फर्काएका छन्। आफ्नो ट्विटरमार्फत उनले कपिललाई मेन्सन गरेका हुन्।



क्याप्सनमा  'एउटा साथीबाट माया सहित' लेखेपनि उनले कपिलमाथी तिखो व्यङ्ग्य प्रहार गरे। लेखे,'कपिल जनावर मात्र होइन, मान्छेको पनि सम्मान गर्न सिक्नु।'

'आफ्नो क्षेत्रमा दक्ष छु भन्ने हेक्का राखेपनि म भगवान हुँ भन्ने भ्रममा नबस्नु' भन्ने सुझाव समेत ग्रोभरले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell