PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठलाई



पहिलोपोस्ट

‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठलाई

काठमाडौं: ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठले हासिल गरेका छन्। चानबाघ कलेजको कक्षा ११मा अध्यायनरत शाहले पुरुष तथा आर्शिवाद कलेजमा बिबिएस अध्ययनरत श्रेष्ठले महिला तर्फको उपाधि हात पारेका हुन्।

जमल राष्ट्रिय नाचघरमा सोमबार साँझ सम्पन्न प्रतियोगीतामा महिला तर्फ सागरिका श्रेष्ठ फस्ट रनर्स अप, कृष्मा सुबेदी सेकेन्ड रनर्स अप भए। त्यस्तै पुरुष तर्फ विवेक राई फस्ट रनर्स अप र अमृत पौडेल सेकेन्ड रनर्स अप बन्न सफल रहे।

ग्रिन आर्ट मिडियाको आयोजना रहेको प्रतियोगीताको यो ९औं संस्करण हो। क्यानका अध्यक्ष रमेश सिलवाल प्रमुख अतिथि रहेको प्रतियोगीतामा नग्मा श्रेष्ठ मिस नेपाल अर्थ २०१२, निणर्य श्रेष्ठ गायक, प्रसान्त ताम्रकार कोरियोग्राफर ,सिने गुरुङ गायिका, सुमित राना मिडिया पर्सन, मञ्जु बन्जार ढकाल मिस हेरिटेज २०१६ तथा फेसन डिजाइनर निर्णायक रहेका थिए।

'कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरुलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेका हौं', ग्रिन आर्ट मिडियाका सिइयो प्रबिन लाकौलले बताए।

प्रतियोगीतामा मिष्टर फोटोजेनिक जोन गजमेर, मिस फोटोजेनीक सारोन मधुकर्मी, मस्ट ट्यालेन्ट निष्टा महर्जन, मस्ट पपुलर सुजा गुरुङ, मस्ट डिसिप्लेन दिपेश लामा, बेस्ट ड्रेस शारिका श्रेष्ठ, बेस्ट पर्फमेन्स फिमेल समिक्षा राई, बेस्ट पर्फमेन्स मेल अमृत पौडेल, बेस्ट स्माइल कृष्णा श्रेष्ठ, चामिङपर्सनालिटी मेल नेहाल राना मगर, चामिङपर्सनालिटी फिमेल कृष्मा सुवेदीले हासिल गरे।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुती रहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell