PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्रुनई एथ्लेटिक्समा नेपालका सोमबहादुरले जिते स्वर्ण



ब्रुनई एथ्लेटिक्समा नेपालका सोमबहादुरले जिते स्वर्ण

ब्रुनईमा भएको ब्रुनई ओपन एथ्लेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन्।

४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन्।

दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए।

सोम बाहेक प्रतियोगितामा यामसाजन सुनारले पनि प्रतिस्पर्धा गरेका थिए। याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell