PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ह्यारी पोटरकी लेखिका जेके रोलिङ नेपालमा



ह्यारी पोटरकी लेखिका जेके रोलिङ नेपालमा

  • उमेश श्रेष्ठ/कञ्चन अधिकारी-
काठमाडौँ : ह्यारी पोटर शृङ्खलाको उपन्यासबाट विश्वभर चर्चा कमाएकी सेलिब्रिटी लेखिका जेके रोलिङ अहिले काठमाडौँमा छिन्।

बुधबार* बिहान नौ बजेर १४ मिनेटमा होटल ब्राभो- जुलियट अस्कर इको (एचबी-जेओई) रजिस्ट्रेसन नम्बर भएको प्राइभेट बिजनेस जेटबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले पहिलोपोस्टलाई बताए।

सो जहाज अहिले पनि विमानस्थलको पार्किङ बेमा रहेको छ। श्रेष्ठका अनुसार यो जहाज आइतबार १० बजे फर्कने सेड्युल रहेको छ। 

यही जहाजमा आएकी थिइन् रोलिङ। 

बिहीबार नै काठमाडौँ उत्रिएकी भए पनि मिडियालाई यसबारे कुनै जानकारी दिइएको थिएन।

किन आइन् काठमाडौँ ?

सेलिब्रिटी लेखिका रोलिङ र उनको परिवार शुक्रबार काठमाडौँस्थित द ब्रिटिस स्कूलमा आयोजित कार्यक्रममा सहभागी भइन्। कार्यक्रममा उनले ह्यारी पोटरको पहिलो उपन्यासका एक प्यासेज पढेर सुनाइन्। त्यसपछि विद्यार्थीहरुले सोधेका प्रश्नहरुको जवाफ दिइन्। 








फोटो सौजन्यः द ब्रिटिस स्कूल
 

अर्बपति लेखिका

लेखेरै अर्बपति बन्ने जेके रोलिङ बेलायती लेखिका हुन्। उनको ह्यारी पोटर फ्यान्टासी शृङ्खलाका उपन्यासहरु ४० करोडभन्दा बढी प्रति बिकेर इतिहासकै सबैभन्दा बढी बिकेको पुस्तक बनेको थियो।

ह्यारी पोटर बजारमा आउनुभन्दा अघिसम्म सरकारी सुविधामा जीवन यापन गरिरहेकी रोलिङ अहिले बेलायतकी १२ औँ धनी महिला बनेकी छिन्।

(*यसअघिको समाचारमा रोलिङको जहाज बिहीबार उत्रिएको भनिएको गलत थियो। जहाज बुधबार बिहान उत्रिएको  हो। यसै अनुसार समाचार सच्याइएको छ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell