PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितवनमा बस र ट्रक ठोक्किँदा ११ घाइते



रासस

चितवनमा बस र ट्रक ठोक्किँदा ११ घाइते

चितवन : काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नंको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नंको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन्। भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ। 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राति १२:३० बजेको समयमा दुर्घटना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell