PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गैरव्यवसायिक फोटोग्राफरले खिचेका गजबका ८ फोटो

गैरव्यवसायिक फोटोग्राफरले खिचेका गजबका ८ फोटो


स्कूल अफ क्रियटिभ कम्युनिकेशनस्, कुपन्डोलले प्रत्येक वर्ष कुनै ऐतिहासिक सहरमा पुगेर त्यस ठाउँको सम्पदा, दैनिकी, जीवन, रहनसहन, आर्किटेक्ट वा व्यक्तिको तस्बिरमा कैद गर्ने गर्दछ। तीमध्ये उत्कृष्ट फोटोहरुको प्रदर्शनी त्यही स्थानमा गर्ने गरिन्छ। 

यसै क्रममा चौथो फोटो यात्रा काठमाडौँबाट ३२ किलोमिटर पूर्वमा अवस्थित ऐतिहासिक पनौति सहरमा भएको छ। ४० जना गैर व्यवसायिक फोटोग्राफरहरुको समूहले कैद गरेका तस्बिरहरु मध्येबाट १०० तस्बिर को प्रदर्शनी पनौतिको लायकुमा शनिबार भयो।

विगतमा भक्तपुर, कीर्तिपुर र खोकनामा फोटो यात्रा भइसकेको छ भने आगामी फोटो यात्रा साँखुमा हुने भएको छ। 
 
मध्याह्नमा पनौतिको अघटोलको बाटोमा। फोटो : अमित लाखे
तमाखु राखी धुम्रपानको लागि प्रयोग गरिने चिलिम। चिलिम माटोको र हुक्का काठबाट बनाइन्छ। यसप्रकारको परम्परागत चिलिम शहरी क्षेत्रमा समेत अत्यन्तै प्रचलित छ। फोटो: वर्षा शाह
गणेश भगवान। फोटो : बिपुल न्हुछे प्रधान
रोसी खोला र पुण्यमती खोलाले पनौतीको सीमाना निर्धारण गर्छ। फोटो : बिष्णु महर्जन
सार्की बुढा (स्थानीयले बोलाउने नाम) र चिहान पाटीमा उनको जीवन शैली। फोटो : दिपेन श्रेष्ठ
क्यब: (बगैंचा) को छेउमा बनाइएको पुरानो ढोका। फोटो: नगिना श्रेष्ठ
समिर लिम्बु
भद्रकाली मन्दिर जाने बाटो । फोटो : शरद तुलाधर
फोटो यात्राका सहभागीहरु


ट्रेन्डिङ पोस्ट

Ncell