PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ग्राहकको गुनासो सम्बोधन नगर्ने कर्मचारीलाई टेलिकमले कारबाही गर्ने



पहिलोपोस्ट

ग्राहकको गुनासो सम्बोधन नगर्ने कर्मचारीलाई टेलिकमले कारबाही गर्ने

काठमाडौँ : नेपाल टेलिकमले ग्राहकका गुनासाको सम्बोधन नगर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ। निरन्तर रुपमा ग्राहक तथा प्रयोगकर्ताबाट सेवाको गुणस्तरसम्बन्धी गुनासो आएपछि टेलिकमले छुट्टै 'कम्प्लेन अडिट' स्थापना गरेको छ।
 
प्रमुख प्राविधिक अधिकृतको संयोजकत्वमा गुनासो सुन्ने कम्प्लेन अडिट बनाइएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। उनले उक्त कमिटीमा टेलिकमका सबै उच्च तहका कर्मचारीको प्रतिनिधित्व रहेको जानकारी दिइन्।
 
अब टेलिकमको वेवसाइट, फेसबुक तथा ट्विटरमा सेवाग्राहीले गरेको गुनासो तत्काले समाधान गर्ने उनले बताइन्। उनका अनुसार जिएसएम मोबाइलका लागि १४८९, ल्याण्डलाइनका लागि १९८ र सिडिएमएमा समस्या देखिएमा १९१ मा डायल गरी गुनासो सुनाउन सकिनेछ।
 
ग्राहकको गुनासो जसले टिप्यो उही अधिकारीले तत्काल सुनुवाइ गर्नु पर्ने राजभण्डारीले बताइन्। गुनासो टिपेर सुनुवाइमा अटेर गरे कारबाहीको भागिदार हुनुपर्ने उनले दाबी गरिन्।
 
ग्राहकका धेरैभन्दा धेरै गुनासो सुन्न ग्राहक सेवा केन्द्रसमेत विस्तार गर्ने उनले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell