PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबर



भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबर

भारत र अष्ट्रेलियाबीचको तेस्रो सेट बराबरीमा सकिएको छ। राँची टेष्टको पाँचौ तथा अन्तिम दिन पिटर ह्याण्डकम्ब र शन मार्सले शतकिय साझेदारी मद्दतमा अष्ट्रेलियाले दोस्रो इनिङ्समा २०२ बनाएपछि खेल बराबरी भएको हो। त्यसका लागि अष्ट्रेलियाले अन्तिम दिन थप ४ विकेट गुमायो।

तेस्रो टेष्ट बराबरीमा सकिएसँगै धर्शालामा हुने चौथो तथा अन्तिम टेष्ट निर्णायक बन्ने भएको छ। पहिलो टेष्ट अष्ट्रलियाले तथा दोस्रो टेष्ट भारतले जितेको थियो।

२३/२ बाट भ्रणकारी टोली अष्ट्रेलियाले अन्तिम दिनको खेल शुरु गरेको थियो। म्याट रेनशा (७) सँगै कप्तान स्टिभ स्मिथले अष्ट्रेलियाको पारी शुरु गरेका थिए। तर इशान्त शर्माले रेनशा तथा रविन्द्र जडेजाले स्मिथलाई आउट गरेपछि धर्मराएको कंगारु टोलीको इनिङ्स ह्याण्डसकम्ब र मार्सले सम्हालेका थिए।

उनीहरुले पाँचौ विकेटका लागि १२४ रनको साझेदारी गरे। ह्याण्डसकम्ब ७३ रनमा नटआउट रहे भने मार्स ५३ रन बनाएर आउट भए।

९ विकेट गुमाएर ६०३ रन बनाउँदै भारतले पहिलो इनिङ्स डिक्लेयर गरेपछि अष्ट्रेलिया १५२ रनले पछि परेको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा कप्तान स्मिथ र ग्लेन म्याक्सवेलको शतक मद्दतमा ४ सय ५१ रन बनाएको थियो। स्मिथले नटआउट १७८ तथा म्याक्सले टेष्टमा पहिलो शतक प्रहार गर्ने क्रममा १०२ रन बनाएका थिए।

भारतले चेतेश्वर पुजाराको दोहोरो शतक तथा विकेटकिपर ऋद्दीमन शाहको शतक मद्दतमा ६०३ रन बनाएको थियो।

चौथो तथा निर्णायक टेष्ट यही शनिबारबाट शुरु हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell