PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालमा पनि विश्व बाल रंगमञ्च दिवस मनाइयो



पहिलोपोस्ट

नेपालमा पनि विश्व बाल रंगमञ्च दिवस मनाइयो

काठमाडौँ : मार्च २० का दिन विश्वभर बाल रंगमञ्च दिवस मनाउने क्रममा आज नेपालमा पनि मनाइएको छ। सुन्धारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका रंगकर्मीको क्लाउन शोको साथमा नेपालमा बाल रंगमञ्च दिवस मनाइएको हो। 

'बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन्' भन्ने अभियानका साथ कार्यक्रमको आयोजना गरिएको थियो। बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको नेपाल च्याप्टर आसितेज नेपाल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले क्लाउन शो र औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो। 


सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावकमाझ जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डर्स’को क्लाउन नाटक देखाइयो। विश्वभर विभिन्न १४ समूह रहेको यस नाट्य संस्था क्लाउन विथआउट बोर्डर्सको एक समूह अहिले नेपाल भ्रमणमा छ।


संसारका सबै बालबालिका खुशी रहनुपर्छ भन्दै उनीहरुले मनोरञ्जक क्लाउन तयार पारेका क्लाउनका निर्देशक तथा कोरियोग्राफर सोनियाले बताइन्। त्यस्तै क्लाउन नाटकमा टोनी–फिलिप), सुसी (केला), अर्नी (फ्ल्प्स), ब्रिगिड (बेला)ले ले रमाइलो कथात्मक क्लाउन देखाएका थिए।


फोटो : प्रसून सिन्धुलीय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell