PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसीसी इमर्जिङ टिम्स कपको तयारीमा नेपाल, ५ फोटो

एसीसी इमर्जिङ टिम्स कपको तयारीमा नेपाल, ५ फोटो


काठमाडौं : बंगलादेशमा यही मार्च २५ बाट सुरु हुने एसीसी इमर्जिङ टिम्स कप-२०१७ को लागि नेपाली टोली अहिले तयारीमा व्यस्त रहेको छ।

आइसिसी डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत केन्यासँगको दुई खेल खेलेको एक सातापछि ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपालले त्रिवि मैदानमा तयारी सुरु गरेको हो।

नेपालले खेल्ने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मल्लले पूर्ण रुपमा कप्तानी गर्न लागेको यो पहिलो पटक हो।

नियमित कप्तान पारस खडका, दुई भेट्रान स्पिनर बसन्त रेग्मी र शक्ति गौचन तथा नम्वर वन फास्टर बलर सोमपाल कामीसँगै अर्का फास्ट बलर करण केसी पनि टीममा समावेश छैनन्।

खड्का र केसी एपेन्डिक्सको शल्यक्रियाका कारण टीममा छैनन् भने रेग्मी, गौचन र कामीलाई आराम दिइएको हो।

उनीहरुको स्थानमा यस पटक तीन नयाँ खेलाडी पहिलो पटक सिनियर टीममा पर्न सफल भएका छन्। नेपाली टीममा यसपटक युवा खेलाडीहरुको बाहुल्य रहेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell