PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्वाचन आयोग अगाडि धर्ना दिन पुगेकी कोमल वली घाइते



निर्वाचन आयोग अगाडि धर्ना दिन पुगेकी कोमल वली घाइते

काठमाडौं: निर्वाचन आयोगले पार्टीको विधान परिवर्तन गरेको विरोधमा निर्वाचन आयोग घेराउ गर्न पुगेकी गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री कोमल वली घाइते भएकी छिन्। वलीको अहिले बागबजार स्थित मोडल अस्पतालमा उपचार भैरहेको छ।

निर्वाचन आयोगको कान्तिपथ स्थित कार्यालय अगाडि भएको झडपमा उनलाई चोट लागेको हो। कार्यक्रममा झडप हुँदा प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको थियो।

पत्रकार समेत रहेका प्रकाश सुबेदीका अनुसार झडपको क्रममा कलाकार चढेको गाडी पनि तोडफोड भएको छ। उनले भने,'प्रहरीले चरम दमन गर्यो।'

वलीलाई भेट्न राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापा अस्पताल पुगेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell