PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कपिलले हातपात गरेपछि सुनिल ग्रोभरले शो छाड्ने, को बन्ला डाक्टर मसहुर गुलाटी?



पहिलोपोस्ट

कपिलले हातपात गरेपछि सुनिल ग्रोभरले शो छाड्ने, को बन्ला डाक्टर मसहुर गुलाटी?

बलिउडका चर्चित कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई हातपात गरेको समाचार सार्वजनिक भए लगत्तै ग्रोभर कपिलको शो छोड्ने भएका छन्। ग्रोभरले कपिल शर्माको कार्यक्रम 'द कपिल शर्मा शो'मा डाक्टर मसहुर गुलाटीको भूमिका निभाउदै आएका थिए।

बलिउड हंगामाले जनाए अनुसार अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा सहभागिता जनाएर भारत फर्कने क्रममा कपिलले ग्रोभरमाथि हात उठाएका हुन्। एयर इन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट भएको जनाइएको छ।

आफ्नै सिटमा रहेका ग्रोभरलाई कपिल शर्माले  आक्रमण गरेका हुन्। रक्सीले मातेका कपिलले ग्रोभरलाई ‘तँ मेरो नोकर होस्, म नभएको भए तेरो के हुन्थ्यो?’ भन्ने आरोपसहित कुटपिट गरेका थिए।

घटनापछि सुनिल ग्रोभरको स्रोतले उनले शोमा काम नगर्ने बतायो। भने,'अब ग्रोभरले कपिलसँग काम गर्दैनन्। कपिल दिलको नराम्रो मान्छे त होइनन् तर रक्सी पिएपछि सीमा भुल्छन्।'

स्रोतले कपिलको अत्याधिक पिउने बानीका कारण उनी चाँडै रिसाउने र मन लाग्दो बोल्ने गरेका बारे पनि मुख खोलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell