PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'फाटेको जुत्ता'लाई लखेट्यो 'दुई रुपैयाँ'ले



पहिलोपोस्ट

'फाटेको जुत्ता'लाई लखेट्यो 'दुई रुपैयाँ'ले

काठमाडौं: अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ युनिटले पनि आफ्नो प्रदर्शन मिती घोषणा गरेको छ। बैशाखबाट सुटिङका लागि फ्लोअरमा जाने फिल्म कार्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको हो।

निर्माता अर्जुनकुमारले फिल्म रिलिज मिती बारे खबर पुष्टि गरेका हुन्। यसअघि कमेडी ड्रामा ‘फाटेको जुत्ता’ भदौ २३ गते प्रदर्शन तय भएको थियो। 'तर अब तिहारको बिदाको छेको टार्गेट गरेका हौं', अर्जुनकुमारले जानकारी दिए। फिल्म सुटिङमा जानुअघिनै रिलिज मिती तय गर्ने ट्रेन्डबाट पर फाटेको जुत्ता युनिट पनि रहन सकेन। फिल्मलाई प्रेसर दियो निश्चल बस्नेत र आसिफ शाह स्टारर फिल्म 'दुई रुपैयाँ' रिलिज डेटले। सो फिल्मले पनि आफ्नो रिलिज भदौ २३मा राखेको हो। निश्चल बस्नेतले सामाजिक संजाल मार्फत फिल्म रिलिज मिती बारे जानकारी दिएका हुन्।

‘फाटेको जुत्ता’ निकेश खड्काको निर्देशनमा बन्दै छ। त्यस्तै फिल्म 'दुई रुपैयाँ'लाई निर्देशन भने असिम शाहले गर्दैछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell