PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राप्रपाको प्रदर्शनमा झडप : ५ सेल अश्रुग्यास प्रहार, नेता-कार्यकर्ता घाइते

राप्रपाको प्रदर्शनमा झडप : ५ सेल अश्रुग्यास प्रहार, नेता-कार्यकर्ता घाइते


काठमाडौं : निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
 
निर्वाचन आयोगले आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाएकोप्रति विरोध जनाउँदै आएको राप्रपाले आज बहादुर भवनस्थित आयोगको कार्यालयमा धर्ना कार्यक्रम तय गरेको थियो।

कार्यालय पुगेका कार्यकर्ताले सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो। सो क्रममा पशुपतिशमशेर जबरा, सयन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौला लगायत दर्जनौं कार्यकर्ता घाइते भएको राप्रका सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्। ऋषि देवकोटा, सरस्वती केसी, कोमल ओली, निरञ्जन थापा, सावित्री थापा, मीना जोशी, सिर्जना रानी बर्मा लगायतका कार्यकर्ता पनि घाइते भएका छन्।
 प्रहरीले लखेटेपछि उनीहरुले सडकमै नाराबाजी गरेका छन्।

झडपलाई नियन्त्रण गर्ने क्रममा पाँच सेल अश्रुग्यास प्रहार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए।

फोटो : मोहन श्रेष्ठ
 
 
प्रहरीले लखेटेपछि उग्र भएका कार्यकर्ता
आयोग परिसर पस्न नपाएपछि अगाडि सडकमै धर्ना


ट्रेन्डिङ पोस्ट

Ncell