PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसियन कप क्वालिफायर्स : यस्तो छ नेपालसँग खेल्ने फिलिपिन्सको फुटबल टोली



पहिलोपोस्ट

एसियन कप क्वालिफायर्स : यस्तो छ नेपालसँग खेल्ने फिलिपिन्सको फुटबल टोली

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपालसँग खेल्न फिलिपिन्सले बलियो टोली छनोट गरेको छ।
 
समूह चरणको पहिलो खेलमा नेपाल र फिलिपिन्स चैत १५ गते (मार्च २८) फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा खेल्दैछन्। प्रशिक्षक थोमस डुलेले नेपालसँगको खेल र मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि गोलरक्षक नेइल एथरिड्ज, डिफेन्डर दाइसुके सातो र फरवार्ड ज्याभिएर पाटिनोलाई टिममा राखेका छन्। तीनै खेलाडी गत नोभेम्वरमा भएको एएफएफ सुजुकी कपमा खेलेका थिएनन्। एथरिड्ज इंगलिस लिग वन साइठ वालसलबाट खेल्छन् भने सातो रोमानियन क्लब इएसी बाट खेल्छन्। यस्तै पाटिनोले चिनियाँ क्लब हेनान जियनयेमा खेल्छन्।
 
यसबाहेक फिलिपिन्सको टीममा सेरेस नेग्रोस क्लबबाट सबैभन्दा धेरै खेलाडी समावेश छन्। जसमा गोलरक्षक रोलाण्ड मुलर, डिफेन्डर चार्लि डे मुर्गा र जुनियर मुनोज, मिडफिल्डर मान्नी ओट, मार्टिन स्टेउबल, लुक उडल्याण्ड, ओजे पोर्टरिया र इआन राम्से छन्। यस्तै ग्लोबल एफसीबाट मिसाघ बहडोन, डेनिस भिलानुएभा, अमानी अगुइनाल्डो र प्याट्रिक डेयेटो छन्।

मेराल्को टागुइगबाट खेल्ने फिल र जेम्स योङहसब्याण्ड दाजुभाइसँगै स्टालियोनका फिच अर्बोलेडा र काया माकातीका केनसिरो डानिएल्स पनि टोलीमा छन्।
 
फिलले नेपालविरुद्ध ३ तथा जेम्सले १ गोल गरिसकेका छन्। फिलले सन् २०११ मा मनिलामै भएको मैत्रीपूर्ण खेलमा २ गोल गरेका थिए भने त्यही खेलमा जेम्सले १ गोल गरेका थिए। फिलले २०१४ दोहामा भएको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।
थाइल्याण्डको अङथोङ युनाइटेडबाट खेल्ने माइक ओट पनि टोलीमा समावेश छन्।
 
नेपालसँग खेल्नुअघि फिलिपिन्सले मार्च २२ मा मलेसियासँग खेल्दैछ। नेपालले पनि फिलिपिन्सविरुद्ध हुने खेलका लागि २० सदस्यीय टोलीको घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell