PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, यस्तो छ नयाँ व्यवस्था



पहिलोपोस्ट

वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, यस्तो छ नयाँ व्यवस्था

  • अमर बडुवाल 
काठमाडौँ : वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले वर्षदिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले वृद्धि गरेको छ।

२०६७/६८ सालमा १९७० रुपैयाँ बीमा शुल्क लिएर दुई वर्षको बीमा गरिन्थ्यो। त्यतिबेला दुई वर्षको करारमा दुई वर्षको मात्रै बीमा हुन्थ्यो भने रोजगारमा गएकाहरुले ५ लाख रुपैयाँसम्म मात्रै दाबी गर्न पाउँथे।

अब भने रोजगारीमा गएकाहरुले ३९२४ रुपैयाँ बीमा शुल्क तिरेर २० लाख रुपैयाँसम्मको बीमा कभरेज पाउने भएका छन्। २०७३ फागुनबाट सरकारले प्राणघातक रोग लागेमा ५ लाख थप पाउने सुविधा थप्दै कुल कभरेज २० लाख रुपैयाँ पुर्‍याएको हो। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कभरेज बढाउँदै बीमा शुल्क २०७३ सालमा मात्रै चार पटक बढाएको हो। पछिल्लो शुल्क ४०० रुपैयाँ बढेको छ।

 
बसमा मनपरी कमिसन लिएको भन्दै बीमा समितिले हस्तक्षेप गरेर २०६९ मंसिरदेखि १८२५ रुपैयाँ बीमा शुल्क लिने गरि  वैदेशिक रोजगार बीमा सुरु गरेको थियो। त्यसपछि रोजगारीमा गएकाको मृत्यु भएमा शव ल्याउन ५० हजार रुपैयाँ पनि दिने व्यवस्था पनि थपिएको थियो।
 
शव ल्याउने खर्चको व्यवस्था भएको केही समयमै वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि दैनिकजसो आउने शवको संख्या पनि बढ्न थाल्यो।
 
त्यसपछि समितिले बीमा शुल्क २१२७ रुपैयाँ पुर्याढउँदै ३५ वर्षभन्दा कम उमेर समूहहरुको उपचार खर्च, शव ल्याउन र क्रिया खर्चसमेत जोडेर सात लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरेको थियो। त्यसपछि समितिले कभरेज १० लाख पुर्या यो। यसको बीमा शुल्क ३५१० रुपैयाँ पुर्याथइयो।
 
समितिले गत साउनमा वैदेशिक रोजगार म्यादी बीमाको अभिकर्ता कमिशन हटाउने निर्णय गरेपछि बीमा शुल्क ३५१० रुपैयाँबाट झारेर ३०८४ रुपैयाँमा ल्यायो।
 
समितिले २०७३ माघ १५ गतेदेखि अतिरिक्त एक वर्षको बीमा अनिवार्य गर्ने व्यवस्था थप्दै बीमा शुल्क फेरि बढाएर ३५२४ रुपैयाँ पुर्याघएको हो। यो व्यवस्था १५ दिन पनि लागू नहुँदै सरकारले फेरि अर्को व्यवस्था पनि थप्यो। त्यसमा समितिले प्राणघातक रोगको पनि बीमा गर्ने व्यवस्था मिलाएको हो।
 
प्राणघातक रोगको बीमा नेपालमा गरे १५ हजार 
१५ वटा क्रिटिकल रोगको नेपालभित्रै बीमा गर्ने हो भने प्रतिव्यक्ति १५ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ। वैदेशिक रोजगारीमा जाँदा ४०० रुपैयाँमा बीमा भैरहेको छ। बीमा समितिका प्रवक्ता श्रीमान् कार्कीले शुल्क बढाएसँगै कभरेज पनि थपिएको बताए।
 
समितिका निर्देशकसमेत रहेका कार्कीका अनुसार, १२५० जना व्यक्तिबाट उठाएको ४०० रुपैयाँले एकजनाको दाबी तिर्न पुग्ने जानकारी दिए।
 
कामदार स्वदेश फर्किसकेपछि पनि कुनै दुर्घटनामा परी दाबी परेको खण्डमा बीमा कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था पनि थप गरिएको छ।
 
क्रिटिकल रोगमा बीमा गर्दा दुई वर्षको लागि गए पनि ४०० रुपैयाँ र पाँच वर्षको लागि विदेश गए पनि ४०० रुपैयाँ बीमा शुल्क लाग्छ। यो शुल्कले १८ देखि ४८ वर्ष उमेरसम्मकालाई खाम्छ।

प्राणघातक रोगमा निम्न रोगहरुलाई समावेश गरिएको छ 
१) क्यान्सर (Cancer)       
२) मृगौला (Kidney Failure)          
३) उच्च रक्तचाप (Primary Pulmonary Arterial Hypertension)     
 ४) प्रमुख अँग प्रत्यारोपण (Major Organ Transplant)    
५) क्रोनरी धमनी वाईपास (Coronary artery by-pass grafts)         
६) महाधमनी सर्जरी (Aorta Graft Surgery)     
७) मुटु भल्भ सर्जरी (Heart Valve Surgery)          
८) झड्का (Stroke)      
९) रोधगलन (Myocardial Infarction)       
१०) कोमा (Coma)   
११) पूर्ण दृष्टीविहिन (Total Blindness)          
१२) प्यारालाइसिस (Paralysis)     
१३) ब्रेन ट्यूमर (Benign brain tumor)   
 १४) बिभिन्न भाग सुन्निएको (Multiple Sclerosis)           
१५) मानसिक रोग (Mental illness)    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell