PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​उपन्यास 'समर लभ'को फिल्म बन्ने निश्चित, साया र अतित छानिए



​उपन्यास 'समर लभ'को फिल्म बन्ने निश्चित, साया र अतित छानिए

काठमाडौं: सन् २०१३ मा नेपाली युवापुस्ता माझ निकै चर्चित बनेको उपन्यास 'समर लभ' मा फिल्म बन्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सुविन भट्टराईको सो कृतिको कथालाई लभ स्टोरी ड्रामा बनाउने घोषणा गरिएको हो।
 
फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्ने भएका हुन्। फिल्म घोषणा कार्यक्रममा उनले लामो अध्ययनपछि फिल्म बनाउँदा उचित हुने निस्कर्षमा पुगेको जानकारी दिए।

भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकको संयुक्त लगानीमा फिल्म निर्माण हुँदैछ।

समर लभका दुई केन्द्रीय पात्र ‘साया’ र ‘अतित’ पनि चयन भैसकेका छन्। अतितको भूमिका मोडल आशिष पिया र सायाको भूमिकामा रेवती क्षेत्री देखिने भएका छन्। दुबैको फिल्म डेब्यु प्रोजेक्ट बन्नेछ।

सन् २०१६ की मिस यूनिभर्सिटी रेवती मिस इन्टरनेसनल भारतकी उपाधि विजेता पनि हुन्। म्युजिक भिडियोसँगै रेवतीले ‘ग्याङग्स अफ नर्थवेस्ट’ नामक भारतीय फिल्ममा पनि अभिनय गरेकी छिन्। नेपाली भाषासँग अभयस्त नरहेकी उनले आफू नेपाली फिल्ममा अभिनय गर्ने अवसरका लागि खुशी भएको बताइन्। भनिन्,'फिल्मको लागि म मिहिनेत गर्नेछु।'

फिल्मको संवाद तथा पटकथा लेखन पत्रकार सामिप्यराज तिमिल्सिनाले गरेका छन्। फिल्ममा अन्य पात्रहरुको भूमिकाका लागि कलाकार चयन भइनसकेको जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell