PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नयाँ गभर्नर बनेका चिरञ्जीवी नेपाल को हुन् ?



नयाँ गभर्नर बनेका चिरञ्जीवी नेपाल को हुन् ?

  • पहिलोपोस्ट -
काठमाडौं : चिरञ्जीवी नेपाल प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुनुअघि अर्थमन्त्रालयका पनि प्रमुख आर्थिक सल्लाहकार थिए। सन् १९९४ मा श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा छन्। उनले काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष विताएका छन्। उनले त्यहाँ एमफिल र २३ जनालाई पिएचडिसमेत गराएका थिए। २२ वर्ष त्रिभूवन विश्वविद्यालयमा अध्यापन पनि गराए।

अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघका उपाध्यक्षसमेत रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकारसमेत थिए। उनी नेपाल उद्योग परिसंघको विज्ञ सदस्यका रुपमा पनि चयन भएका थिए। यी तीन वटै संस्था उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन हो।

आइटी पार्कको पहिलो प्रमुख रहिसकेका नेपाल औद्योगिक व्यवसाय विकास प्रतिस्ठानका कार्यकारी निर्देशक पनि भएका थिए। उनी पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डका कार्यकारी अध्यक्षसमेत भएका थिए। उनको पालामा पुँजी  बजार विकास सम्बन्धि नौं वटा नियमावली बनेको थियो।

उनले नै नेपाल स्टक एक्सचेन्च (नेप्से) लाई सेमी अटोमेसनमा लगेका थिए। उनले नै बैंकमा खाता खोलेर सेयरमा आवेदन दिन पाउने व्यवस्थाको सुरुवात गरेका हुन्। नेपालले सिडिएस र सामूहिक लगानीकोषको नियमावली तयार पारेका हुन्।

उनले संयुक्त राष्ट्र संघअन्तर्गत इन्ट्रपाइज डेभलपमेन्ट, विपीको आर्थिक विचार, ऋण व्यवस्थापनलगायत दर्जनौं अनुसन्धान तथा खोज गरेका छन्। ५४ बर्षका नेपाल पाल्पामा जन्मेपनि औपचारिक शिक्षा भने काठमाडौंमा लिएका हुन्।

साउथ एसिया सेन्टर नेपालका लागि त्यहाँको महासचिवका हिसावले उनले नेपालको पहिलो मानव विकास प्रतिवेदन तयार पारेका थिए। उनको बाल श्रम र आर्थिक असर भन्ने पुस्तक अक्सफोर्ड पब्लिकेसनबाट प्रकासन भएको छ। विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजक रहिसकेका नेपाल 'मिलेनियम च्यालेन्ज कोअपरेसन'का प्रमुख अर्थशास्त्री पनि भइसकेका छन्। उनी विभिन्न समयमा एडिबी, विश्व बैंक, एसएनभी, जिआइजेडको सल्लाहकार पनि भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell