PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा महत



रासस

जुम्ला : नेपाल पत्रकार महासङ्घ जुम्लाको पाँचौँ जिल्ला अधिवेशनले बरमबहादुर महतका अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको छ। 

अधिवेशनले खुला उपाध्यक्षमा नेत्रबहादुर शाही, समावेशी उपाध्यक्षमा गीता शाही महत, सचिवमा धनबहादुर बुढा, कोषाध्यक्षमा ईश्वरी देवकोटा, खुला सहसचिवमा भरतबहादुर बोहोरा र समावेशी सहसचिवमा नौरते नेपालीलाई चयन गरेको छ। त्यस्तै खुला सदस्यमा विजय रावत, धर्मसिंह कठायत, कृष्णबहादुर बोहोरा, महिला सदस्यमा विष्णुमाया रोकाया र रतन नेपाली, आदिवासी÷जनजाति सदस्यमा साङ्मु लामा, दलित सदस्यमा तीर्थ वड, अपाङ्गता भएका सदस्यमा सूर्यबहादुर अधिकारी निर्वाचित भएका छन्। 

प्रदेश पार्षद्माद सुरजकुमार सिंह, धनलाल बस्नेत, पदम रोकाया, शिवराज न्यौपाने, खगेन्द्रबहादुर मल्ल, देवीप्रसाद पाण्डे, शिवा शाही, कर्णबहादुर भण्डारी, तुलराम रावत, कृष्णमाया उपाध्याय, धीरज महत, जयऋषि उपाध्याय र मोहनविक्रम शाही रहेको अध्यक्ष महतले जनाए।  
त्यसैगरी केन्द्रीय पार्षद्माु नरेश भण्डारी, रमेश आचार्य, पूर्णप्रसाद चौलागार्इं, गोर्खबहादुर थापा, नेत्रबहादुर शाही, भीम नेपाली साने, नरेन्द्रनाथ योगी, उमेश आचार्य, इन्दिरा थारु र लक्ष्मीप्रसाद देवकोटा रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell