PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रिमियर लिग : चेल्सीको जितमा काहिलको निर्णायक गोल, शीर्ष स्थानमा १३ अंकको अग्रता



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीको जितमा काहिलको निर्णायक गोल, शीर्ष स्थानमा १३ अंकको अग्रता

चेल्सीले प्रिमियर लिगको उपाधि यात्रालाई अझै सहज बनाएको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा स्टोक सिटीलाई २-१ ले पराजित गर्दै चेल्सीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ।

चेल्सीलाई यस सिजनको २२औं जित दिलाउन कप्तान ग्यारी काहिलले खेल सकिन ३ मिनेट अगाडी निर्णायक गोल गरे। त्यसअघि १३औं मिनेटमा विलयनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

३८ औं मिनेटमा जोनाथान वाल्टरले स्टोकका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए। तर ८७औं मिनेटमा काहिले गोल गरेपछि चेल्सी विजयी भएको हो। इनुजरी टाइममा स्टोकका फि बाड्सले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान बाहिरिएका थिए।
जितपछि चेल्सीको २८ खेलबा६ ६९ अंक भएको छ।

एक खेल कम खेलेको टोटनहम हट्सपर ५६ अंकका साथ दोस्रो स्थानमा छ। टोटनहमले आज घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ।
यता आर्सनल वेष्टब्रोमसँग ३-१ ले पराजित भएपछि उपाधि यात्रा धक्का मात्र लागेकव छैन शीर्ष चारमा पर्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समेत कठिन बन्दै गएको छ।

वेष्टब्रोमलाई घरेलु मैदानमा जित दिलाउन क्रेइग डवसनले २ तथा हल रोब्सन कानुले १ गोल गरे। आर्सनलका लागि एलेक्सिस सान्चेजले १ गोल फर्काए।

हारपछि २७ खेलबाट ५० अंक रहेको आर्सनल अंक तालिकाको पाँचौ स्थानमा यथावत छ। आर्सनल शीर्षा स्थानको चेल्सी भन्दा १६ तथा चौथो स्थानको लिभरपुल भन्दा अझै ५ अंकले पछि छ। २९ खेल खेलेको एभरटनको पनि ५० अंक छ।

रोमेलु लुकानकुले इन्जुरी टाइममा २ गोल गरेपछि एभरटनले १० खेलाडीमा झरेको हल सिटीलाई ४-० ले हरायो।

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ३-२ ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell