PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ला लिगा : रियललाई ५ अंकको अग्रता



पहिलोपोस्ट

ला लिगा : रियललाई ५ अंकको अग्रता

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ।

लिगा अन्तर्गत शनिबार भएको खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गर्दै अंक दुरी बढाएको हो।

रियलको जितमा करिम बेन्जामा र कासेमिरोले गोल गरे। दुवै गोलका लागि क्रिस्टियानो रोनाल्डोले असिस्ट गरे। विल्वाओका लागि अरिट्ज अडुरिजले एक गोल गरे।

जितपछि रियलको २७ खेलबाट ६५ अंक भएको छ। समान खेलबाट बार्सिलोनाको ६० अंक छ। बार्सिलोनाले आज घरलु मैदानमा भ्यालेन्सियासँग खेल्दैछ।

लिगाकै अन्य खेलमा अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्ममा रहेका भियारियल र रियल सोसिडाड भने पराजित भएका छन्।
भियारियल लसपलमससँग तथा सोसिडाड अलाभेजसँग समान १-० को अन्तरमा पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell