PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्र बैंकबाट यसरी विदा भए गभर्नर खतिवडा



राष्ट्र बैंकबाट यसरी विदा भए गभर्नर खतिवडा

काठमाडौं : नेपाल राष्ट्र बैंकको पाँच वर्षे कार्यकाल सकेर गभर्नर डा. युवराज खतिवडा विदा भएका छन्। उनले कार्यकालको अन्तिम दिन बिहीबार दुई डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु र निर्देशकहरुसँग सामूहिक भेटघाट गरी पाँच वर्षे कार्यकालमा सघाएकोमा सबैलाई धन्यावाद दिए। खतिवडाले हिजो अन्तिम वोर्ड मिटिङ डाकेका थिए। वोर्डले उनलाई विदाइ गरेको थियो।
 
गभर्नर कार्यकक्ष छेवैमा रहेको ठूलो हलमा डाकिएका सबै कर्मचारीहरुमा खतिवडालाई डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीले माला लगाएर पुष्पगुच्छा दिँदै विदा गरेका थिए।
 
अन्तिम दिनसम्म कार्यालय गएका गभर्नर खतिवडा कर्मचारी माझ हाँसीखुसी प्रस्तुत भएका थिए। विहान विश्व बैंकको एउटा कार्यक्रममा सहभागी भएर राष्ट्र बैंक पुगेका उनले मध्यान्न कर्मचारीसँग विदाबारी मागेका हुन्।
 
उनले भने – 'सुरुवातदेखि अहिलेसम्म मैले कसैलाई कामको शिलशिलामा गाली गरे हुँला, त्यो व्यक्तिगत गाली होइन, संस्थाको हितका लागि थियो।'
 
खतिवडाले आफ्नो पाँच वर्षे कार्यकालको छोटो समीक्षा पनि गरेका थिए। उनले घरजग्गाको समस्याका बारेमा खासै केही नभने पनि संस्थाहरु आजै डुब्छन् कि भोलि डुब्छन् भन्ने अवस्थामा राष्ट्र बैंकको नेतृत्व गरेको स्मरण गर्दै भने– वित्तीय क्षेत्रमा अस्थिरता थियो  सबैको सहयोगले अहिले स्थायित्व कायम भएको छ।
 
गभर्नरले प्रमुख कार्यकारीको तलव सुविधामा सीमा तोक्दा बैंकरहरुले विरोध गरेपनि बाहिरबाट प्रशंसा मिलेको बताए। उनले यसमा अझै धेरै गर्न बाँकी रहेको बताउँदै बैंकर र उद्यमी छुट्याउन केही कदम चाले पनि त्यसलाई निस्कर्षमा पुर्याउन बाँकी रहेको बताए।
 
संस्था उभो लाग्न नदिने वित्तीय अपराधीहरु सक्रिय भएको बेला राष्ट्र बैंकको नेतृत्व लिएको भन्दै उनले त्यसलाई टुलुटुलु हेर्न नसकेर कारवाही गर्नु परेको पनि स्मरण गरे। ‘त्यसबेला चालेका कदमले अहिले असल रिजल्ट दिएको छ,’ सहकर्मीहरुलाई संबोधन गर्दै उनले भने।
 
नयाँ गभर्नरका लागि सिफारिसमा परेका दुवै डेपुटी गभर्नरलाई सुभकामना दिँदै उनले भने– मैले राम्रा डेपुटी गभर्नरलाई छानेछु। हिस्ट्रीमा नभएको कुरा भएको छ। अहिलेसम्म दुई जना डेपुटी गभर्नर एकै पटक गभर्नरमा सिफारिस भएका थिएनन्। दुवै जनालाई म शुभकामना दिन्छु। - विजमाण्डूबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell