PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइसक्रिमको पैसाको विषयलाई लिएर झगडा, एक जनाको ज्यान गयो, तीन गम्भीर घाइते



रासस

आइसक्रिमको पैसाको विषयलाई लिएर झगडा, एक जनाको ज्यान गयो, तीन गम्भीर घाइते

इटहरी : धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ। 

मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसाको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए। घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण गर्न आएका थिए। युवाको कुटाइ र छुरा प्रहारबाट भक्तबहादुर गम्भीर घाइते भएको जनाएको छ। 

उपचारका लागि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएपछि मृत्यु भएको थियो। आक्रमणमा संलग्नमध्ये सोही स्थानका १९ वर्षीय शुक्रराज राई, १७ वर्षीय प्रज्वल तामाङ र १९ वर्षीय रतन खत्री घाइते भएको र उनीहरुलाई पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजन पराजुलीले जानकारी दिए। 

घटनामा संलग्नमध्ये धरान–१५ कै पवन परियार, किशोर राई र बन्नु परियार फरार छन्। घाइते तीन जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell