PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गजल : यो नशा छोड्नै पर्ने भो जिन्दगीमा



पहिलोपोस्ट

गजल : यो नशा छोड्नै पर्ने भो जिन्दगीमा

  • निर्मला खड्का

उस्ले सास मागिदियो बन्धकीमा
मैले जिउनु थियो त्यही अवधिमा

मनको एक भित्तो खाली-खाली छ
एउटा चित्र किन्नै पर्‍यो गरिबीमा

फिरन्तेलाई के नै असर पर्छ र
हकदाबी चलिरहोस् सम्पत्तिमा 

नींद बिहानै आएर पीडा पोख्छ
सधै लुटिन्छु आफ्नैको रोहवरीमा

मुहार आमाको सधैं उदास छ
यो कस्तो मौसम आयो शताब्दीमा

प्रेमले सन्चो कस्लाई गर्यो र खै?
यो नशा छोड्नै पर्ने भो जिन्दगीमा।

(फोटो : The Book of Life)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell