PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​जनतालाई संघीयता होइन सेवा चाहिएको छ : कमल थापा



​जनतालाई संघीयता होइन सेवा चाहिएको छ : कमल थापा
फोटो : थापाको फेसबुक पेजबाट

गोलबजार : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुख्य दलका नेताहरुले विवेक नपुर्‍याए देशमा राजनीतिक दुर्घटना हुन सक्ने र त्यो अवस्था राजनीतिक दलहरुको नियन्त्रणभन्दा बाहिर जाने बताएका छन्।
 
राप्रपा नेपाल सिरहा क्षेत्र नं १ द्वारा लहानमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अहिलेको गतिरोध अन्त्य गर्न संविधानसभामा रहेका सबै दलहरुको सहभागितामा सर्वदलीय बैठकको आयोजना गर्नुपर्ने धारणा राखे।
 
उनले भने, “सर्वदलीय बैठकबाट संविधान निर्माणका लागि नयाँ कार्यतालिका र विवादित विषयहरुको समाधान खोज्ने विधि र प्रक्रियाबारे निर्णय गर्नुपर्छ। र सोहीअनुसार समयमा संविधान जारी नभए राजनीतिक दुर्घटना हुने निश्चित छ।”
 
अध्यक्ष थापाले राजनीतिक दलहरुबीच सहमति नहुँदा अहिलेसम्म प्राप्त भएको उपलब्धि गुम्ने, देशमा राजनीतिक अन्योलता तथा अस्थिरता बढ्ने र जनताको चाहना पूरा नहुने अवस्था आउन लागेकोप्रति चिन्ता व्यक्त गरे।
 
एक छुट्टै प्रसङ्गमा उनले देशमा सङ्घीयताको जरुरी नभएको पनि बताए। उनले हाँस्दै भने, “जनतालाई त सेवा चाहिएको छ। राज्यले केन्द्रमा दिने सेवा गाउँमा पुर्‍याए भने सङ्घीयताको आवश्यक नै पर्दैन। सङ्घीयताको अर्थ नजान्नेहरु अनावश्यक हल्ला गरिरहेका छन्।” - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell