PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साझा प्रकाशनका पुस्तकको प्रदर्शनी बेलायतमा



पहिलोपोस्ट

साझा प्रकाशनका पुस्तकको प्रदर्शनी बेलायतमा

काठमाडौं : नेपाल-बेलायतको दौत्य सम्बन्धको द्विशतवार्षिकी पूरा भएको अवसरमा लण्डनमा साझा प्रकाशनबाट प्रकाशित पुस्तकको प्रदर्शनी सुरु भएको छ। बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा पुस्तक प्रदर्शनीका साथै साहित्यिक महोत्सव पनि आयोजना गरिएको छ।
 
सोही अवसरमा राजदूत डा. दुबसु क्षेत्रीद्वारा सम्पादित तथा साझा प्रकाशनबाट प्रकाशित बेलायतका १६४ जना कविहरुको कवितासङ्ग्रह 'बेलायतमा नेपाली कवि र कविता'को विमोचन गरियो।
 
प्रदर्शनीमा साझा प्रकाशनका दुई सय विभिन्न शीर्षकका तीन हजार थान पुस्तकको प्रदर्शनी गरिएको संस्थाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए। प्रदर्शनी तीन दिनसम्म चल्नेछ।

प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताए। मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गरे।
 
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गरेका छन्। बेलायतका लागि नेपाली राजदूत डा. दुवसु क्षेत्रीले साझा प्रकाशन र नेपालका साहित्यिक कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell