PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ



पहिलोपोस्ट

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

धनगढी : लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–२ को मिलन चोकबाट गएराति पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढी-२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन्।

सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसी चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell