PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा बढ्यो नेपाली चाउचाउको माग, हरेक महिना १० लाख प्याकेट निर्यात गर्ने तयारी



पहिलोपोस्ट

अमेरिकामा बढ्यो नेपाली चाउचाउको माग, हरेक महिना १० लाख प्याकेट निर्यात गर्ने तयारी

पथरी (मोरङ) : एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ। 

नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए। 'सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,' उनले भने। 

अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको जाजूको भनाइ छ। अस्ट्रेलिया, दुबई र कतारमा समेत रमपम चाउचाउ निर्यात गर्न थालेको उनले बताए। 

सुनसरीको सोनापुरमा उद्योगले रमपम चाउचाउ उत्पादन गरिरहेको छ। अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी छ महिनाभित्रमा प्रतिमहिना १० लाख प्याकेट पुर्‍याउने तयारी भइरहेको सो उद्योगले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell