PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​एनसेल कर छलीविरुद्ध युवाले थाले विरोध, हेर्नुस् नौ फोटो

​एनसेल कर छलीविरुद्ध युवाले थाले विरोध, हेर्नुस् नौ फोटो


काठमाडौँ : एनसेल खरिद–बिक्री वापतको राज्यलाई बुझाउनुपर्ने कर तत्काल असुल उपर गरियोस् भन्दै युवाको अभियान सुरु भएको छ। सामाजिक सञ्जालमा सक्रिय युवाको समूह ‘फ्रिलायन्स युथ मुभमेन्ट’ र ‘सुशासनको लागि नागरिक अभियान’ले कर तत्काल असुल हुनुपर्ने माग राख्दै अभियान सञ्चालन गरेको हो। 

उनीहरुले कर भुक्तान नभए एनसेलको सेवा बहिस्कार गर्नको लागि ‘नो ट्याक्स नो एनसेल’ नारासहित अपील गरेका छन्। एनसेल सञ्चार कम्पनीविरुद्ध किन यो अभियान सञ्चालन गरिएको भन्ने जिज्ञासामा अभियानकर्ता गौतम राई भन्छन्, ‘खरिदकर्ताको हैसियतले आज एनसेल एक्जियाटा कम्पनीको स्वामित्वमा रहेकोले उसले कर सम्बन्धी कारवाही पूरा नगरी किन र कसरी स्वामित्व ग्रहण गर्योै? त्यसकारणले आज एनसेलको स्वामित्वकर्ताको हैसियतले आजियाटा कम्पनीले यसको जवाफ र जिम्मेवारी लिनुपर्छ। कर टेलियासोनेरा वा आजियाटा जसले तिर्नुपर्ने हो खरिद–बिक्री सम्झौता अनुसार नेपाल सरकारलाई कर बुझाउनुपर्ने अभियानको उद्देश्य हो।  

एनसेल कर प्रकरण ठूला करदाता कार्यालय, मन्त्रालय, मन्त्रिपरिषददेखि टेलियासोनेरा कम्पनी रहेको देश नर्वेसम्म पुगेको हुनाले यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा समेत चासोको विषय बनेको छ।

युवाको समूह ‘फ्रिलायन्स युथ मुभमेन्ट’का अभियानकर्ता विकास ज्ञवालीका अनुसार यदि यस्तो अभियान सञ्चालन नभए राज्ययन्त्र र कर्मचारीतन्त्र भित्रको दलालहरु प्रयोग गरि देशलाई कंगाल बनाउने र लुटको खेती गर्न पल्कने समूहहरु बलियो हुँदै जानेछ। 


ट्रेन्डिङ पोस्ट

Ncell