PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई वर्षभित्र शेयर जारी गर्न अढाई दर्जन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन



पहिलोपोस्ट

दुई वर्षभित्र शेयर जारी गर्न अढाई दर्जन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाबाट स्तरोन्नति भएर लघुवित्त विकास बैंक बनेकाहरुलाई दुई वर्षभित्र सर्वसाधारणमा शेयर जारी गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले यी संस्थाहरुलाई अर्को चैतसम्म स्तरोन्नति भइसक्न पनि निर्देशन दिएको छ।
 
'अब गैरसरकारी संस्थाबाट लघुवित्त विकास बैंक बनेकाहरुले २०७५ मंसिरभित्र शेयर जारी गरिसक्नुपर्छ। त्यसअघि नै उनीहरु कम्पनी ऐन अनुसार दर्ता हुनुपर्छ,' चौथो लघुवित्त सम्मेलनको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले भने, 'कम्पनी थपिएपछि लगानी विस्तारमा सघाउ पुग्छ।'
 
नेपाल राष्ट्र बैंकले तीन बर्षअघि नै स्तरोन्नति गर्ने व्यवस्था गरेको थियो। कम्पनी रजिष्ट्ररको कार्यालय देखाउँदै स्तरोन्नति हुन सकेको थिएन। अहिले आएर राष्ट्र बैंकले फेरि म्याद थपेको हो। करिब अढाई दर्जन गैरसरकारी संस्थाहरु छन्। यी गैरसरकारी संस्थाहरुले विपन्न वर्गमा लगानी गर्ने उद्देश्यले राष्ट्र बैंकसँग अनुमति लिएर काम गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell