PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

२२ फोटोमा हेर्नुस् केन्यासित सात विकेटको जितका प्रत्यक्षदर्शी बनेका फ्यान

२२ फोटोमा हेर्नुस् केन्यासित सात विकेटको जितका प्रत्यक्षदर्शी बनेका फ्यान


काठमाडौँ : कीर्तिपुरको क्रिकेट मैदान यस्तो ठाउँ हो, जहाँ नेपाली टिमले खेल्दा दर्शकको कमि कहिले पनि हुँदैन। चाहे त्यो विदाको दिन हुने खेल होस्, चाहे अरु कुनै दिन। 

आइसिसीका पदाधिकारीहरु समेत नेपालमा क्रिकेटको यस्तो फ्यान फलोइङ देखेर दङ्ग हुने गरेको उनीहरुले बेलामौकामा गर्ने गरेका ट्विटबाट झल्किन्छ। 

केन्याविरुद्धको पहिलो खेल शनिबार थियो। त्यो दिन प्यारापिट पूरै भरिएको थियो। सोमबारको खेलमा पनि दर्शकको कमि भएन। दुई सय रुपैयाँको टिकट काट्नेहरु मात्र हैन, पर्खाल बाहिर र रुखमा समेत टिकट नकाट्ने दर्शकहरुले पनि खेलको मजा लिए, खेलाडीलाई हौस्याए।

जब जब नेपालले विकेट लिन्थ्यो वा चौका वा छक्का प्रहार गर्थ्यो तब मैदान फ्यानका लयवद्ध आवाजले गुन्जिन्थ्यो। जब नेपालको विकेट झर्थ्यो, तब सून्यता छाउँथ्यो। 

दर्शकलाई कप्तान ज्ञानेन्द्र मल्ल र कोच जगत टमाटाले पनि धन्यवाद दिए।

हेर्नुस् इलिट जोशी र दीपेन श्रेष्ठले खिचेका दर्शकका २२ फोटो  


ट्रेन्डिङ पोस्ट

Ncell