PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तराईमा होलीको हर्षोल्लास, १२ फोटोमा

तराईमा होलीको हर्षोल्लास, १२ फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगन्ज : तराईमा हर्षोल्लासपूर्वक होली मनाइँदै छ। तराईको दोस्रो ठूलो पर्वको रुपमा होलीलाई लिने गरिन्छ। मधेसवादी दलले होली बहिष्कार गरे तापनि तराईवासीहरुले मिश्रित आज तराईका जिल्लामा होली मनाइरहेका छन्।
 
विभिन्न संघसंस्थाले वीरगन्ज आसपासमा एक सातादेखि होली मिलन कार्यक्रम गरी शुभकामना साटासाट गर्दै आएका छन्। यस्ता कार्यक्रमहरुले वीरगन्जको होलीलाई थप चहकिलो बनाएको छ।
 
तराईको अन्य सहरभन्दा वीरगन्जको होलीको छुटै विशेषता छ। यहाँका बासिन्दाहरु भोजपुरा संस्कृति अनुसार होली खेल्ने गर्छन्। होलीका दिन मासुका परिकार, मालपुवा, पकौडा आदि आफन्तजनलाई घरमा बोलाएर खुवाउने गरिन्छ। इष्टमित्र तथा पाहुनासँग अबिर रङ लगाएर आशीर्वाद तथा स्नेह थाप्ने गरिन्छ। सानाले ठुलाको खुटा ढोगेर होलीको आशीर्वाद लिन्छन्।
 
पर्साको ग्रामीण भेगमा सहर न्दा भिन्नै होलीको चहलपहल छ। होलीमा पारम्पारिक गीतसंगीत लोप हुदै गए तापनि युवाहरु डिजे साउन्ड सिस्टममा झुम्मिने प्रवृत्ति बढेको पाइन्छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell