PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतमको शवयात्रा, ४ फोटोमा

एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतमको शवयात्रा, ४ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका कञ्चनपुरका गोविन्द गौतमको शवयात्रामा सयौं स्थानीय सहभागी भएका छन्।
 
सेती अञ्चल अस्पताल धनगढीबाट उनको शवयात्रा सुरु भएको हो। त्यहाँबाट उनको शवलाई कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुर्‍याइनेछ। त्यहीँ उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ। अन्त्येष्टिमा उनलाई ११ तोपको सलामी पनि दिइनेछ। गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।
 
कञ्चनपुरको सीमा क्षेत्र पुनर्वास नगरपालिकाको आनन्दबजारमा कल्भर्ट निर्माणको विषयमा विवाद बिहीबार एसएसबीले गोली चलाउँदा गौतमको मृत्यु भएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell