PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्दको अन्त्येष्टि आइतबार, सीमानामा ६ सय सुरक्षाकर्मी



भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्दको अन्त्येष्टि आइतबार, सीमानामा ६ सय सुरक्षाकर्मी

कञ्चनपुर : भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिकाका ८ का गोविन्द गौतमको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने तयारी गरिएको छ।

शव यात्रासहित अन्त्येष्टि गर्दा सर्वसाधारण थप आन्दोलित हुने तर्क गर्दै एक पक्षले शनिबार नै शवदाह गर्न माग गरेका थिए।

स्थानीयवासी विपक्षमा उभिएपछि आइतबार बिहान पुनर्वासको ६५ विगाहमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको तयारी भएको कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवानसिंह बिष्टले जानकारी दिए। गौतमको शव सेती अञ्चल अस्पतालमा राखिएको छ।

 
सीमामा ६ सय सुरक्षाकर्मी

स्थानीयवासी पटक पटक विरोधमा उत्रिएपछि सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रका गरी करिव ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। शुक्रबार स्थानीयवासी सीमा क्षेत्रमा भेला भएर विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए।


शनिबार नेपालतर्फका सुरक्षाकर्मीले सीमा क्षेत्रमा भेला हुन निषेध गरेको छ। सुरक्षाकर्मीले सीमा क्षेत्रको ५ सय मिटर क्षेत्रमा स्थानीयलाई जान निषेध गरेको छ।





(फोटो : हरिशचन्द्र बाग)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell