PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

होलीको अवसरमा टेलिकमले ल्यायो अफर



पहिलोपोस्ट

होलीको अवसरमा टेलिकमले ल्यायो अफर

काठमाडौँ : होलीका अवसरमा नेपाल टेलिकमले विभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ। कम्पनीको चाडपर्व अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब डेटा प्याक र एसएमएस प्याक रहेका छन्। 

रिचार्ज कार्डमा डेटा बोनसअन्तर्गत दुई सयको रिचार्ज कार्डमा दुई सय एमबी डेटा, पाँच सयको रिचार्ज कार्डमा पाँच सय एमबी डेटा र एक हजारको रिचार्ज कार्डमा एक हजार एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राति १० बजेदेखि बिहान ६ बजेसम्म उपभोग गर्न पाइनेछ। 

यो अफरको अवधि यही फागुन २९ देखि चैत्र ३ गतेसम्म ५ दिन जिएसएम र सिडिएमए प्रिपेडका ग्राहकलाई उपलब्ध गराएको हो। 

त्यसैगरी युट्युब डेटा प्याकअन्तर्गत एक जिबी युट्युब डेटा प्याक एक सय रुपैयाँमा दुई दिनसम्म र पाँच सय एमबी यूट्युब डेटा प्याक ६० रुपैयाँमा एक दिनसम्म उपभोग गर्न पाइने छ। यो अफरको अवधि यही फागुन २९ देखि चैत्र १३ गतेसम्म १५ दिन जिएस एमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध गराएको छ। 

एसएमएस प्याकअन्तर्गत एक सय वटा एसएमएस १० रुपैयाँमा ३ दिनसम्म उपभोग गर्न पाइने छ।  

यो अफरको अवधि यही फागुन २९ देखि चैत्र १ गतेसम्म ३ दिन जिएसएम र सिडिएमएका ग्राहकलाई उपलब्ध हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell