PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पत्रकार महासङ्घ सीआइएन शाखाको अध्यक्षमा लक्ष्मी बस्नेत



पहिलोपोस्ट

काठमाडौँ : नेपाल पत्रकार महासंघअन्तर्गत सीआइएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ। 

बिहीबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत भएका छन् भने सदस्यहरुमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही सदस्य रहेका छन्।

साधारणसभाले सीआइएन शाखाबाट गोविन्द खड्का र लिलप्रकाश चन्द केन्द्रीय पार्षद (सभासद्) चयन भएका छन् भने प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन भएको छन्। 

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखा संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो। संयोजक आचार्यले यस पटक प्रतिष्ठान शाखामा बस्नेत पहिलो महिला अध्यक्ष भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell