PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महाकवि देवकोटाको 'शाकुन्तल' महाकाव्य अब नाटकमा



पहिलोपोस्ट

काठमाडौँ : महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ।
 
आरोहण गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्गदर्शनमा विद्याशङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन्। विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका थिए।

 
सो अवसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु अत्यन्तै राम्रो कुरा भएको उल्लेख गर्दै बाल्यकालमा आफूले यस्ता किसिमको अनुभूति गर्न नपाएको बताए।
 
विद्यालयका प्रधानाध्यापक सुधीर झाले यस विद्यालयका विद्यार्थीले देवकोटाको महाकाव्यमा नाटक मञ्चन गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीले यस्तो काम गर्न जाँगर गरे आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell