PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार सचित राईको ‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय पुरस्कार



पहिलोपोस्ट

पत्रकार सचित राईको ‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय पुरस्कार

काठमाडौँ : लेखक तथा पत्रकार सचित राईको निबन्धात्मक कृति ‘माङखिम’लाई ‘रत्न वान्तवा वाङ्मय’ पुरस्कार पहिलोपटक प्रदान गरिने भएको छ।
 
सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धान गरेबापत ‘माङखिम’का लागि राईले सो पुरस्कार पाउने भएका हुन्। पुरस्कारको राशी पाँच हजार रहेको छ।
आगामी वैशाख ९ गते पुरस्कार प्रदान गरिने निर्णय भएको रत्न–वम प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा. देवी क्षेत्रीले जानकारी दिए।
 
राईको पुस्तकमा सहिद वान्तवाबारे ‘त्यस बेलाका रत्न’ शीर्षकको आलेख समेटिएको छ। २००८ चैत २७ गते इलामको चमैतामा जन्मिएका वान्तवा पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा २७ वर्षको उमेरमा इभाङमा मारिएका थिए।
 
२००७ सालको क्रान्तिका मुक्ति योद्धा रामप्रसाद राईको बारेमा ‘रामप्रसादको रामकहानी’, महिला आन्दोलनका अगुवा सरस्वती राईको बारेमा ‘सुन्तलाबारीमा बूढीआमा’, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको बारेमा ‘फलामसिंहको फैलावट’ सहित ‘धर्मगुरुको गाउँ’, ‘साकाहारी माङ्मालुङ’, ‘पानीढलोको बाटो’, ‘छापामारलाई बयान’, ‘कोसी बौलाएको बेला’, ‘आमाबिनाको घर’, ‘घरको पिङ’लगायत १६ थान निबन्ध माङखिमभित्र समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell