PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पत्रकार महासङ्घ नवलपरासी शाखाको अध्यक्षमा रानाभाट



रासस

नवलपरासी : नेपाल पत्रकार महासङ्घ नवलपरासीको दसौँ शाखा अधिवेशनले होमराज रानाभाट अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ।
 
अधिवेशनले उपाध्यक्षमा हरि शर्मा, महिला उपाध्यक्षमा पूजा चापागाईं, सचिवमा राजकुमार रेश्मी, सहसचिवमा विष्णु गौडेल तथा समावेशी सहसचिवतर्फ अनिल यादव र कोषाध्यक्षमा ईश्वरी चापागार्इंलाई निर्वाचित गरेको छ। यसैगरी कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, बुद्धिराज कडरिया, भीमलाल गाहा, रवीन शर्मा चापागार्इं, रञ्जना लम्साल, तीर्थराज डुम्रे, सद्दाम अन्सारी, श्याम बुचा मगर, कल्पना कुँवर र लक्ष्मी हरिजन निर्वाचित भएका छन्।
 
यस्तै केन्द्रीय पार्षद्‍मा नारायण शर्मा, वीरेन्द्र पराजुली, श्रीराम सिग्देल, प्रेम न्यौपाने, पुरुषोत्तम सुवेदी, भूमिराज चापागाईं, घनश्याम बगाले, धु्रव पौडेल, टीकाराम गैरे, रमेश बस्ताकोटी, आरपी उपाध्याय, वृजराज कुशवाहा, दीपक भट्टराई र लालकुमार भट्टराई तथा महिला केन्द्रीय पार्षद्‍मा धनु भुसाल, कल्पना भट्टराई, विना न्यौपाने र उर्मिला ढकाल विजयी भएका छन्। अधिवेशनले २४ जना प्रदेश पार्षद्समेत निर्वाचित गरेको केन्द्रीय प्रतिनिधि रामहरि सिलवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell