PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'राष्ट्रकवि भेट्दा' लघुकाव्य विमोचनमै पुगेका राष्ट्रकवि घिमिरेले के भने?



पहिलोपोस्ट

'राष्ट्रकवि भेट्दा' लघुकाव्य विमोचनमै पुगेका राष्ट्रकवि घिमिरेले के भने?

काठमाडौं : कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य विमोचन भएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा काव्यको विमोचन गरे।
 
विमोचन समारोहमा बोल्दै राष्ट्रकवि घिमिरेले कवियत्री गौतम विदेशमा रहँदा पनि साहित्य सिर्जनामार्फत नेपालको शिर ठाडो बनाउने काममा लागेको भन्दै प्रशंसा गरे। ‘नेपाली हामी रहौंला कहाँ नेपाललै नरहे, आफ्नो देशलाई छोडेर कर्मको लागि परदेशमा गएकी गीता गौतमको मन भने स्वदेशमै छ,' उनले भने, 'उनी विवशताले क्यानडमा छिन्, तर उनको मन नेपालमा छ।’
 
पुस्तक नै आफ्नो बारेमा लेखिएकोले विमोचनमा आउन सुरुमा निकै असहज लागेको उनले बताए। ‘ऋषि बाबु (ऋषि धमला) मलाई यो पुस्तक विमोचन गर्नुपर्‍यो भनेर आउनुभएको थियो, मैले मेरो बारेमा लेखिएको पुस्तक म आफैँ विमोचनमा जाँदा नराम्रो सन्देश जान्छ कि भनेर सोचेको थिएँ,' घिमिरेले सम्झिए, 'तर यसो सोचेँ जसले मेरो बारेमा यति धेरै दुःख गरेर कृति जन्माउनुभयो, यो मेरो कर्तव्य हो, म जानुपर्छ भनेर नै आज आएको हुँ।’
 
आफूले काठमाडौंमा असाध्यै ठूलो पहाडको संघर्ष भोगेको स्मरण गर्दै घिमिरेले जीवनमा ठूलो संघर्ष भागेको स्मरण गरे। २८ वर्षको हुँदा श्रीमती गुमाएको कुरालाई कवियत्री गौतमले चर्चा गरेको र आफ्ना दुई छोरीका बारेमा पनि काव्यमा उल्लेख गरिएको उनले जानकारी गराए।
 
मन्त्री शाहीले भने कवियत्री गौतमले सात समुद्रपारि हुँदा पनि देशको माया गरेर कृतिहरु ल्याएको देख्न पाउँदा आफू हर्षित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell