PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'चरी' को पोस्टमार्टम भयो, शव परिवारले बुझेनन्



'चरी' को पोस्टमार्टम भयो, शव परिवारले बुझेनन्

काठमाडौँ : प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी' को शव १० दिनपछि पोस्टमार्टम गरे पनि परिवारले बुझेका छैनन्*।

धादिङका सभासद् राजेन्द्र पान्डेले आफ्नै लगानीसमेत रहेको मनमोहन मेमोरियल अस्पतालका चिकित्सक रामकुमार अधिकारीको समेत उपस्थितिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराएका थिए। 

यसअघि परिवारले निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै पोस्टमार्टम गर्न र शव बुझ्न अस्वीकार गर्दै आएका थिए। 

के देखियो पोस्टमार्टम प्रतिवेदनमा?
चिकित्सकका अनुसार पोस्टमार्टममा गोलीले लागेको घाउ र आन्तरिक रक्तस्राव मृत्युको कारण भएको उल्लेख छ। 

'चरी'को शरीरमा सात गोली लागेको छ। त्यसमध्ये छ वटा गोली पछाडिबाट अगाडि निस्किएको प्रतिवेदनमा छ। 

गत साउन २१ गते काठमाडौँको भिमढुंगामा भएको 'इनकाउन्टर'मा 'चरी'को मृत्यु भएको थियो। चरी धादिङ एमाले निर्वाचन क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्षसमेत थिए।

​हत्या प्रयासको अभियोग लागेर फरार भएका चरीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पछ्याउँदै गरेको अवस्थामा फायर खोलेपछि प्रहरीले गरेको जवाफी फायरमा उनको मृत्यु भएको प्रहरीले दावी गरेको छ। 

सभासद् पान्डे र परिवारका सदस्यहरुले भने अन्यत्रै हत्या गरेर 'चरी'को शव भिमढुङ्गामा फ्याँकिएको आरोप लगाउँदै आएका छन्। व्यवस्थापिका संसदमा समेत पान्डेले यस विषयमा आवाज उठाएका थिए। 

(* यसअघि शव बुझे भएकोमा सच्याइएको छ)

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट गुन्डा नाइके 'चरी'को मृत्यु

'चरी' मारिएकोबारे छानबिन हुन्छः गृहमन्त्री गौतम

प्रहरी संगठित अपराध गर्ने जमातः सभासद पाण्डे




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell