PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हुवावेको नयाँ स्मार्टफोन पी १० तथा पी १० प्लस सार्वजनिक, अहिलेसम्मकै नौलो 'थ्रिडी फेस डिटेक्टिङ' प्रविधि



पहिलोपोस्ट

हुवावेको नयाँ स्मार्टफोन पी १० तथा पी १० प्लस सार्वजनिक, अहिलेसम्मकै नौलो 'थ्रिडी फेस डिटेक्टिङ' प्रविधि

काठमाडौं : हुवावे कन्जुमर बिजनेस ग्रुपले स्पेनको वार्सिलोनामा जारी वर्ड मोबाइल कंग्रेसमा उसको बहुप्रतिक्षित हुवावे पी १० र पी १० प्लस सार्वजनिक गरेको छ। कम्पनीले पी १० लाई फ्ल्यागसिप फोन भनेर सार्वजनिक गरेको हो।
 
पोट्रेट फोटोग्राफिका लागि उत्कृष्ट र स्टाइलिस भनिएको यो स्मार्टफोनमा २० मेगापिक्सलको डुअल रियर क्यामेरा तथा १२ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको जनाइएको छ।
 
पी १० लाई इन्नोभेटिभ तथा स्टाइलिस तथा फोटोग्राफीका लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट भनेर विश्लेषण गरिएको हुवावेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 
यो स्मार्टफोनले सेल्फी फोटो खिच्दा थ्रिडी फेस डिटेक्टिङको सुविधा दिएको जनाएको छ। यो प्रविधि अहिलेसम्म कुनै पनि स्मार्टफोनमा छैन।
 
विभिन्न रंगहरुमा उपलब्ध यो स्मार्टफोन सेरामिक ह्वाइट, ड्याजलिङ गोल्ड, प्रेस्टिज गोल्ड,  ग्राफिट व्ल्याक, रोज गोल्ड र माइस्टिक सिल्भरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा लाइकाको लेन्स फ्रन्ट क्यामरामा प्रयोग गरेको छ।
 
यो स्मार्टफोन युरोप र चीनमा मार्चदेखि तथा एसिया, अमेरिका र अफ्रिकालगायतका अन्य देशहरुमा अप्रिलमा सार्वजनिक हुने कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell