PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इजरायलमा खुल्यो अवसर, ६० जना नेपाली केयर गिभरको माग



पहिलोपोस्ट

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक गन्तव्य इजरायलमा रोजगारीको अवसर खुलेको छ।
 
मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुने इजरायलमा सरकारले नै कामदार पठाउनेछ। अहिले ६० जना केयर गिभरको लागि अवसर आएको हो।
 
इजरायलमा केयर गिभरको लागि अवसर खुलेको हो। म्यानपावर कम्पनीले धेरै रकम असुलेपछि केही वर्षदेखि बन्द थियो। बन्द भएपछि नेपाल सरकार र इजरायल सरकारले (जिटुजी) कामदार लैजान सुरु भएको हो।
 
माग आएका मध्ये ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष इजरायल जान पाउनेछन्। कामदारको छनौट वैदेशिक रोजगार विभाग र इजरायलको पपुलेशन एण्ड इमिग्रेशन अर्थोरिटीले संयुक्त रुपमा गर्नेछ। योग्यता पुगेका युवा/युवतीले वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन्। आवेदनका लागि कुनै शुल्क लाग्नेछैन।
 
आवेदन विभागको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने विभागले जनाएको छ। केयर गिभरका लागि विभागले पूर्व योग्यता भने तोकेको छ। विभागका अनुसार उमेर २५ वर्ष पूरा भएर ४५ वर्ष ननाघेको, उचाइ पाँच फिट, तौल कम्तीमा ४५ किलो, तीन महिना केयर गिभरको तालिम, इन्टरमिडियट लेभलको अंग्रेजी, एसएलसी पास, इजरायलमा काम नगरेको, शारीरिक रुपमा स्वस्थ, क्षयरोग, सिप्लीस र एचआइभी एड्स नलागेको हुनुपर्नेछ।
 
इजरायलमा गएका कामदारले वृद्ध, अपांग र अशक्तको स्याहार सुसार गर्नुपर्नेछ।महिला कामदारका लागि सुरक्षित गन्तब्यको रुपमा रहेको इजरायलमा म्यानपावर कम्पनीले आठ लाख रुपैयाँसम्म शुल्क लिएपछि इजरायले कामदार लैजान रोकेको थियो।अहिले पनि करिब पाँच हजार नेपाली इजरायलमा कार्यरत रहेका छन्। कमार्इ र सुरक्षाका हिसाबले उत्कृष्ट गन्तब्य भएकोले धेरै नेपालीको रोजार्इमा इजरायल पर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell