PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श अवार्ड प्रदान गरिने, अरु को को ले पाउँदैछन् अवार्ड?



पहिलोपोस्ट

कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श अवार्ड प्रदान गरिने, अरु को को ले पाउँदैछन् अवार्ड?

काठमाडौं : खेलकुद क्षेत्रमा योगदान पुर्‌याउने विभिन्न २२ खेलाका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ बाट मंगलबार सम्मान गर्दैछ।

यस्तै संघले कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति अदर्श अवार्डबाट सम्मान गर्ने भएको छ।

एभरेस्ट म्याराथनमा सबैभन्दा छिटो दौडने कीर्तिमान बनाएका उनलाई नगद २५ हजारसहित सम्मान गरिने छ। 

संघले आफ्नो अमूल्य जीवनलाई खेलमा समर्पित गर्दै खेलाडी तथा खेलकुदमा आदर्श व्यक्तित्वका रुपमा परिचित एक सम्मानित व्यक्तित्वलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व सम्मान प्रदान गर्दै आएको छ।

एनएनआइपीएले विगत १० वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रदान उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्दै आएको छ।

यसपटक २०७२ मा उत्कृष्ट प्रदर्शन गरेका २२ खेलका १/१ खेलाडी सम्मानित हुँदैछन्। सम्मानित हुनेले प्रत्येक खेलाडीले १० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्।

संघ र खेलाडी संघको तर्फबाट समान ५ हजार प्रदान गरिनेछ।

जसमा फुटबलबाट नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी सरस्वती चौधरी, एथ्लेटिक्सका हरिकुमार रिमाल, जुडोकी फुपूल्हामु खत्री, उसुकी निमा घर्ती मगर लगायत छन्।

फुपूल्हामु र निमाले १२औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए भने नवयुग सम्मिलित नेपाली यु-२३ फुटबल टोलीले पनि २३ वर्षपछि नै फुटबलमा स्वर्ण पदक जितेका थिए।


सम्मानित हुने खेल र खेलाडीहरु यसप्रकार छन्।
 
भारोत्तोलन : विकास थापा
फुटबलका : नवयुग श्रेष्ठ
भलिबल : सरस्वती चौधरी
तेक्वान्द : वीरबहादुर महरा
कुस्ती : सरोज यादव
आर्चरी : प्रेमप्रसाद पुन
स्क्वास : अरहान्त सिंह
बक्सिङ : सरस्वती राना
ब्याडमिन्टन : नङ्शलदेवी तामाङ
जुडो : फुपूल्हामु खत्री
सुटिङ : स्नेहाराज्यलक्ष्मी राणा
साइक्लिङ : अजय पण्डित
ट्रायथोलन : रोजा केसी
कबड्डी : शान्ति मल्ल
लनटेनिस : अभिषेक बास्तोला
हक्की : कुश्मा राना मगर
खोखो : अर्पणाकुमारी महतो
पौडी : गौरिका सिंह
उसु : निमा घर्ती मगर
टेबल टेनिस : दीप साउद
ह्यान्डबल : रञ्जना राई
एथलेटिक्स : हरिकुमार रिमाल
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell