PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तिलोतमा गोल्डकप : विदेशी खेलाडीको गोल मद्दतमा संकटा सेमिफाइनलमा



पहिलोपोस्ट

बुटवल : दुई विदेशी खेलाडीले गरेको गोलको सहयोगमा सिएमजी संकटा क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै १९औं तिलोतमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत सँमबार भएको तेस्रो क्वाटरफाइनलमा संकटाले विभागीय क्लब एपीएफलाई २-१ ले हरायो।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलको अतिरिक्त समयमा मउसाले निर्णायक गोल गरे।

यसअघि मार्टिनले गोल गर्दै ४८औं मिनेटमा संकटालाई अग्रता दिलाएका थिए। ६८औं मिनेटमा रवि थिंङले एपीएफका लागि बराबरी गोल फर्काए।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय अतिरिक्त समयमा भएको हो। थप गरिएको २० मिनेटको १५औं मिनेटमा संकटाका लागि मउसाले विजयी गोल गरेका हुन्।

संकटाले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पासँग खेल्नेछ। हिमालयन झापा-११ लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell