PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विद्यार्थीका चुनावी घोषणापत्र : क्याम्पसमा फ्री वाइफाई, खल्तीमा दाम



पहिलोपोस्ट

विद्यार्थीका चुनावी घोषणापत्र : क्याम्पसमा फ्री वाइफाई, खल्तीमा दाम

काठमाडौं : निर्वाचन मिति नजिकै गर्दा विद्यार्थी संगठनमा समझदारी भन्दा वैमनस्यता बढ्दै गएको छ। देशभरका क्याम्पसमा अहिले झडपदेखि बम विस्फोटनसम्मका घटना हुन थालेका छन्।
 
तेस्रो पटक फेरिएको स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहानसम्म उम्मेदवार मनोनयन दर्ता हुन सकेन। देशभरका ६१ आंगिक क्याम्पसहरु मध्ये २५ वटा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ। बाँकी क्याम्पसमा भने तोकिएको फागुन १८ गते चुनाव हुने/नहुने अन्योल छ।
 
चुनावको विषयलाई लिएर अहिले क्याम्पसमा हिंसा बढेको छ। विद्यार्थीका टाउका फोरिएका छन्। शैक्षिक एजेन्डा र अधिकार भन्दै चुनावी मैदानमा उत्रिएका विद्यार्थी संगठनका चुनावी घोषणा भने निकै लोभलाग्दा छन्। विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋणदेखि विश्वविद्यालय र कलेजसम्म फ्रि बाइफाई घोषणापत्रमा समेटिएका छन्।
 

कुन संगठनका कस्ता घोषणापत्र?

  • नेविसंघ
१. फेरौँ राजनीतिक व्यवस्था, बदल्नुछ मुलुकको शैक्षिक अवस्था
२. अबको शिक्षा समाजमा नाम, बजारमा काम र खल्तीमा दाम दिने खालको हुनुपर्छ।
३. सुदृढ विश्वविद्यालयका लागि सृजनशील स्ववियु
४. विश्वविद्यालयको पदाधिकारी नियुक्ति गर्दा राजनितिक भागबण्डाको आधारमा नभएर खुल्ला प्रतिस्पर्धाबाट गर्ने
५. विश्वविद्यालय र समाजको मुद्दा सम्बन्धी पाठ्यक्रममा जोड दिने
 
  • अनेरास्ववियु
१. राष्ट्रिय एकता र अपहरिहार्य सर्त, राष्ट्रिय सार्भभैकिकता र स्वाभिमान रक्षा
२. देशको समृद्धि अबको रोडम्याप
३. संविधानको कार्यान्वयन आजको आवश्यकता
४. शैक्षिक ऋण बेरोजगारीको अन्त्य र उद्यमशीलताको विकास
५. गुणस्तरीय शिक्षा जनशक्ति निमार्ण आधारशीलता
 
  • अखिल क्रान्तिकारी
१. शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक ऋण तथा पार्टटाम रोजगारीको व्यवस्था गर्ने
२. शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले दिएअनुसार अधिकार कार्यन्वयनमा जोड दिने
३. प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज र एउटा आंगिक क्याम्पस खोल्न सरकारलाई दबाब दिने
४. सम्पूर्ण विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीहरुको लागि नि:शुल्क वाइफाई सेवा दिनुपर्ने व्यवस्था गर्ने, फ्रि जोनको व्यवस्था गर्ने
५. विश्वविद्यालयको पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नभएर खुल्ला प्रतिस्पर्धाबाट गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell